मनसुनजन्य विपद्का कारण ३७ दिनमा ६४ जनाको मृत्यु

मनसुनजन्य विपद्का कारण ३७ दिनमा ६४ जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । मनसुनजन्य विपद्का कारण बितेको ३७ दिनमा ६४ जनाको मृत्यु भएको छ । नेपालमा मनसुन भित्रिएको जेठ १८ गतेदेखि असार २३ गतेसम्मको अवधिमा ४ सय ४० विपद्का घटना भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

विपद्का घटनामा परि सो अवधिमा एक जना बेपत्ता, एक सय २१ जना घाइते भएका छन् भने पाँच सय ७३ घर परिवार प्रभावित भएका छन् । विपद्का घटना सबैभन्दा बढी झापा जिल्लामा भएको छ ।

झापामा २४, कैलालीमा २१ वटा भएका छन् । यस वर्ष नेपालमा मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।