गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन


ग्लोब नेपाल
243
Shares

काठमाडौं । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

नारा स्थिति साइदाइजी स्टेसन अघि आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरिरेहेका बेला उनि माथि एक ४१ बर्षीय पुरुषले गोली प्रहार गरेका थिए । गोली प्रहार पछि घाइते भएका आबेलाइ हेलिकप्टर मार्फत हस्पिटल लगिएको थियो ।

अचेत अवस्थामा उपचार गराइरहेका आबेको केही बेर अघी निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । संचार माध्यमहरुका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए। पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताएका थिए ।

योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बनेका थिए।