काठमाडौं महानगरको बजेट पारित

काठमाडौं महानगरको बजेट पारित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएकोबजेट पारित भएको छ ।

शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ ।

वडाबाट छलफलविना बजेट पारेको भन्दै नगरसभा सदस्यहरुले मेयर बालेन्द्र साहको ध्यानाकर्षण गराएका थिए । यस्तै बजेटमा दलित शब्द नपरेको भन्दै केही नगरसभा सदस्यहरुले आपत्ति जनाएका थिए ।

तीन वटा वडाका लागि एकजना मात्रै इन्जिनियर खटाएको प्रति असन्तुष्ट व्यक्त गर्दै नगरसभा सदस्यहरुले प्राविधिक जनशक्ति आवश्यक रहेको बताएका थिए ।