बाजुराको बुढीगंगामा एमाले विजयी, मेयरमा बानियाँ निर्वाचित

बाजुराको बुढीगंगामा एमाले विजयी, मेयरमा बानियाँ निर्वाचित

सातवटा वडामा एमाले र तीनवटामा कांग्रेसको जित


ग्लोब नेपाल
513
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।

भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए । मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खातीले ३ हजार ७७४ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् । उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४ हजार ७२७ मत पाउँदा कांग्रेसकी शाहीले ३ हजार ७५५ मत पाएकी छन् । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मत अन्तरले एमाले उम्मेदवार विजयी भएका हुन् ।

नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।