किन बस्यो शेखर समूहको छुट्टै बैठक

किन बस्यो शेखर समूहको छुट्टै बैठक

कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु, सभापति देउवा अनुपस्थित


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसेकाे छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक बसेको हो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार भोलि (सोमबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ ।

उनले भने, ‘कार्यव्यस्तताका कारण सभापतिज्यू आजको बैठकमा पनि सहभागी हुनुहुन्न । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ ।’ बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् ।

पार्टी सभापति अनुपस्थित भएको उक्त बैठकमा शेखर कोइराला समूह सहभागी छैनन् । शेखर समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा जुटेका छन् । कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी भएनन् ।