परिवर्तनशील युवाको आयोजनामा दन्त शिविर

परिवर्तनशील युवाको आयोजनामा दन्त शिविर


ग्लोब नेपाल
864
Shares

काठमाडौं । परिवर्तनशील युवा सेवा समाज नेपालको आयोजनामा शनिबार दन्त शिविर आयोजना भयो । सिड्नी डेन्टल क्लिनिकको सहकार्यमा आयोजित उक्त शिविरबाट १ सय ४० जनाले सेवा लिएको समाजले जनाएको छ ।

संस्थाको सामाजिक न्यायिक कार्यक्षेत्रअन्तर्गत रहेर आयोजना गरिएको शिविरमा अग्रवाल सेवा केन्द्र र नन्दन फुड प्रा लिले पनि सहयोग गरेका थिए ।

ग्लोबल टिन हिरो २०२० मन्दिरा श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रहरी प्रभाग कमलपाेखरीका प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षकको विशेष अथितिमा दन्त शिविर सम्पन्न भएको स्वयंसेवक तथा कार्यक्रम सञ्चालक देबेन्द्र लुइँटेलले जानकारी दिए ।