कर्णालीका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौंमा उपचार

कर्णालीका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौंमा उपचार


ग्लोब नेपाल
135
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए । मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।