मिस ग्रान्ड बेल्जियममा नेपाली फेसन डिजाइनरको ड्रेस

मिस ग्रान्ड बेल्जियममा नेपाली फेसन डिजाइनरको ड्रेस


ग्लोब नेपाल
189
Shares

लुभेन । मिस ग्रान्ड बेल्जियममा नेपाली नेपाली फेसन डिजाइनरको दबदबा रह्यो । दोश्रो पटक बेल्जियममा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता मिस ग्रान्ड बेल्जियमका प्रतिस्पर्धीको ड्रेस डिजाइन नेपाली फेसन डिजाइनर आरती प्रधान काफ्लेले गरेकी हुन् ।

मिस ग्रान्ड बेल्जियमको अफिसियल ड्रेस डिजाइनर रहेकी आरतीले तयार गरेका पहिरनहरुमा फाइनल राउन्डमा पुगेका सुन्दरीहरुले क्याटवाक गरेका थिए । प्रधानले बेल्जियमको प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

बेल्जियममा व्यवसायिक ड्रेस डिजाइन कोर्स गरेर व्यवसाय गर्दै आएकी आरतीले तयार पारेका पहिरनले एकपछि अर्को चर्चा पाइरहेका छन् । बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन् ।

पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी हुन् । प्रतियोगिताको ताज अलिशा गिल्लियार्तले जितिन् । फर्स्ट रनरअप सारह मारिया र सेकेड रनरअप देनिसा सबेक्स बने ।

मिस सोसल मिडिया रेसिया राए, मिस प्रसनालिटी आन्के द ब्लिक, मिस फोटोजेनिक डेनिसा सबेक्स र मिस च्यारिती सराह मारियाले जिते । बेल्जियमको लिन्ट सहरमा भएको विश्वकै प्रतिष्ठित प्रतियोगिताको व्यवस्थापन नेपाली चलचित्रमा अभिनय गरेकी युरोपियन नायिका क्यारोलिन कोलिन्दाले गरेकी हुन् ।