गठबन्धनका शीर्ष नेता छलफल बालुवाटारमा

गठबन्धनका शीर्ष नेता छलफल बालुवाटारमा


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो ।

आज शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदै छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।