कञ्चनपुर । बलत्कार आरोपमा कञ्चनपुरको पुनर्वासमा सशस्त्र जवानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुनर्वास नगरपालिका वार्ड नं. ९ का २४ बर्षिय सुशील बिष्ट, सोही ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम प्रसाद जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।
बलत्कार घटना अषाढ २३ गते राति भएको हो । सुशिल बिष्टले छिमेकी गाउँकी २० बर्षिया महिलालाई बिवाह गर्ने प्रलोभन देखाएर उखुबारीमा लगेको र सुशीलका अन्य साथीहरु पनि आएर सामुहिक बलत्कार गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरी प्रबक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
सुशील बिष्ट र पीडित महिलाको पहिलेदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया