काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


ग्लोब नेपाल
999
Shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । महतका अनुसार जारी बैठक आज समापन गर्ने तयारी छ ।