एनआरएनएले प्राप्त गर्ने नागरिकतामा दुई बुँदे संशोधन प्रस्ताव दर्ता

एनआरएनएले प्राप्त गर्ने नागरिकतामा दुई बुँदे संशोधन प्रस्ताव दर्ता


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) ले प्राप्त गर्ने नागरिकतामा दुईवटा संशोधन प्रस्ताव दर्ता भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राज्य व्यवस्था समिति सदस्य डा. सूर्य पाठकले विदेशी महिलाले प्राप्त गर्ने नागरिकता संशोधनसहित ३ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

दफा ३ को उपदफा (१) बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार नेपाली नागरिक सरह उपभोग गर्न पाउनुपर्ने भनी थप गर्नुपर्ने संशोधन सांसद डा. पाठकले दर्ता गराएका छन् ।

यस्तै दफा २ को उपदफा (२) बमोजिम गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी मन्त्रालय समक्ष तोकिए बमोजिम निवेदन दिनुपर्नेछ भन्ने सट्टामा मन्त्रालय वा मन्त्रालयले तोकेको निकाय भनी थप गर्नुपर्ने भनी संशोधन डा. पाठकले हालेका छन् ।

डा. पाठकले दफा २ मा उपदफा (८) थप गरी नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगिकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भइ नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगिकृत नागरिकता पूाप्त गर्नेछ भनी थप गर्नुपर्ने संशोधन हालेका छन् ।