११ बुँदे सहमतिपछि नेकपा एसका विद्यार्थी नेताले तोडे अनसन

११ बुँदे सहमतिपछि नेकपा एसका विद्यार्थी नेताले तोडे अनसन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग एघार बुँदे सहमति भएपछि नेकपा एकीकृत समाजवादीकाे विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरूले अनसन तोडेका छन् ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् ।

उनीहरुबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ । त्यस्तै ती तहका निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिनभित्र कार्यदल गठन गरी आगामी पुससम्म कार्यान्वयन गर्ने, विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेतृत्वसँग स्ववियु निर्वाचनको सन्दर्भमा भदौ मसान्तसम्म छलफल गर्ने पनि सहमति भएको छ ।

हेर्नुहोस्, सहमति पत्रः