श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ।

आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो। निर्वाचनमा विक्रमासिंघले आफ्नै दलका दलास अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

श्रीलंकाको ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेले बुधबार बिहान संसदमा भारी मतसहित राष्ट्रपति निर्वाचित भएका हुन् । यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था छ।