एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल

एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ‘अहिले पत्र नपठाउन’ दबाब दिएको खुलासा


ग्लोब नेपाल
729
Shares

काठमाडौं । गत असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ ।

परराष्ट्र मन्त्रालयले अहिले पनि एसपिपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले तत्कालै यसबाट बाहिरिने विषयमा सुझबुझपूर्ण निर्णय गनुपर्ने जनाएको छ । अहिले पनि एसपिपी फ्रेमवर्कअन्तर्गत नेपाललाई सहयोग आइरहेको छ ।

नेपाललाई आवश्यक पर्ने सहयोग पनि आओस् र एसपिपीबाट पनि बाहिरिन सकियोस् भनेर अध्ययन भइरहेको छ, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । यस विषयमा परराष्ट्र मन्त्रालयले रक्षा मन्त्रालय र नेपाली सेनासँग पनि सम्पर्क गरिरहेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ‘अहिले पत्र नपठाउन’ दबाब दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेका छन् ।