ग्लोब नेपालद्वारा प्रेस युनियनको महाधिवेशन स्थलमा खानेपानी वितरण

ग्लोब नेपालद्वारा प्रेस युनियनको महाधिवेशन स्थलमा खानेपानी वितरण


ग्लोब नेपाल
2k
Shares

हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन स्थलमा ग्लोब नेपाल डटकमले खानेपानी वितरण गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारदेखि जारी महाधिवेशनमा देशभरबाट सहभागि प्रतिनिधिहरुलाई खानेपानी वितरण गरिएको ग्लोब नेपालका सम्पादक भानुभक्त दाहालले जानकारी दिए । उनका अनुसार अधिवेशनस्थलमा टाढा-टाढाबाट आएका महाधिवेशन प्रतिनिधिहरुको सहजताका लागि खानेपानी वितरण गरिएको हो ।

जारी महाधिवेशनले आगामी तीन वर्षका लागि युनियनको नयाँ नेतृत्व चयन गर्नेछन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको प्रेस युनियनको अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।