नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।

आइतबार एक सूचना निकाल्दै, नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार अर्को आदेश नभएसम्मका लागि ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।