प्रेस युनियन पदाधिकारमा कसले कति मत प्राप्त गरे

प्रेस युनियन पदाधिकारमा कसले कति मत प्राप्त गरे


ग्लोब नेपाल
6.9k
Shares

काठमाडौं । हेटौडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन भट्टले १९ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले ६८५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सरोज अधिकारीले ६ सय ६५ मत प्राप्त गरे ।

यसैगरी खुला दुई उपाध्यक्षमा नकुल अर्यालले ७ सय ७५ मत प्राप्त गरे भने भीष्मराज ओझा ६ सय ४० मत प्राप्त गरी विजयी भए । उनीहरुका निकटम प्रतिद्वन्द्वी राममणि दाहालले ५ सय ९५ र शेखर रेग्मीले ३ सय ९५ मत पाए । महिला उपाध्यक्षमा सलोजा दाहाल ७ सय २० मत ल्याएर निर्वाचित भइन । उनका निकटम प्रतिद्वन्द्वी कल्पना शर्माले ६ सय १९ मत पाइन् ।

समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए भने प्रदेश १ को उपाध्यक्षमा डिल्लीराम खतिवडाले ५ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वीहरु हेमराज दाहालले ४ सय २९ मत र लबदेव ढुंगानाले २ सय ९० मत प्राप्त गरे ।

मधेश प्रदेशबाट उपाध्यक्षमा अनिल कर्ण ६ सय ४८ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार रोशनकुमार न्यौपानेले ६ सय २३ मत प्राप्त गरे । यस्तै बागमित प्रदेशको उपाध्यक्षमा डा. मुरारी अधिकारीले ६ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गिरिजाप्रसाद अधिकारीले ६ सय ४७ मत मात्र प्राप्त गर्न सके ।

गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६ सय ७३ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार ओमकार आचार्यले ६ सय १ मत प्राप्त गरे । यस्तै लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७ सय १ मतसहित निर्वाचित भए भने उनको निकटम प्रतिद्वन्द्वी जनार्दन घिमिरेले ५ सय ८२ मत प्राप्त गरे । कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६६९मत सहित विजयी भए भने अर्का उम्मेदवार भानुभक्त खड्काले ५ सय ९९ मत प्राप्त गरे ।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चुनारा ५ सय ५२ मतसहित विजयी भए । मुकुन्दप्रसाद भण्डारीले ५ सय ४१ मत प्राप्त गरे भने मीनबहादुर बमले १८९ मत प्राप्त गरे । उपत्यका उपाध्यक्षमा जीवन भण्डारीले ८ सय ४२ मत प्राप्त गरी विजयी भए भने अर्का उम्मेदवार निरज खतिवडाले ४ सय ६२ मत प्राप्त गरे ।

महासचिवमा दिलिप पौडेलले ८ सय ७८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी जगन्नाथ दुलालले ४ सय ५१ मत मात्र प्राप्त गरे ।

उपमहासचिवमा कमल पन्त ५ सय ७७ मतसहित विजयी भए । युवराज गौतमले ७ सय ३७ मत र रविन्द्र सुवेदी ५ सय ५८ मतसहित विजयी भए । पराजित उम्मेदवार केशव सावदले ५ सय ५६, विष्णु खड्काले ४ सय ९४ र सन्तोष रेग्मीले ५ सय ४४ मत प्राप्त गरेका थिए ।

महिला उपमहासचिवमा सुलोचना गौतमले ६ सय ९० मत र दिलिपाश्री अधिकारीले ६ सय ८१ मत प्राप्त गरी विजयी भइन् । उनीहरुका निकटम प्रतिद्वन्द्वी जानुका बरालले ६ सय ८१ मत र कुसुम विक (सेञ्चुरी) ले ५ सय ९ मत पाएकी थिइन । समावेशी उपमहासचिवमा अभयकुमार राईले ७ सय १३ मत प्राप्त गरेका थिए भने पराजित पवन श्रेष्ठले ५ सय २९ मत प्राप्त गरे ।

खुला सचिवमा केदारप्रसाद दाहाल (६७७), खगेन्द्र भण्डारी (६४८), तीर्थराज बस्नेत (५८०), भुवन शर्मा (६३७) मत प्राप्त गरी विजयी भए । उनीहरुका प्रतिद्वन्द्वी खगेन्द्रप्रसाद घिमिरे (४५७), गुरुप्रसाद गौतम (५७१), लोकेन्द्र भट्ट (५५७) विजयी रेग्मी (५२६) मत प्राप्त गरेका थिए । सचिव महिलामा मेनुका ढुंगाना (८०१), रेजिना गौतम (६३९) र पुष्पा शर्माले (६४४) मत प्राप्त गरी विजयी भइन । पराजित रोजी ढकाल पराजुलीले (६३३), माला पालुङ्वा लिम्बु (६०२) मत प्राप्त गरेका थिए । आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तनले ७ सय ४२ मत प्राप्त गरी विजयी भए भने पराजित सुशील थकालीले ५ सय ५ मत प्राप्त गरे । मधेश सचिवमा अजीत तिवारीले ६ सय ५४ मत प्राप्त गरी विजयी भए भने पराजित ओमप्रकाश साहले ५ सय ८६ मत प्राप्त गरे ।

दलित सचिवमा राजन रुचाल (६४४) मत प्राप्त गरी विजयी भए भने पराजित सन्ताष गन्धर्वले (६३१) मत प्राप्त गरे । पिछडिएको सचिव पदमा एलपी देवकोटाले ६ सय ६२ मत प्राप्त गरी विजयी भए । पराजित दयाराम पण्डितले ६ सय ३३ मत प्राप्त गरेका थिए । थारु सचिव पदमा सहदेव चौधरी (थारु), अनलाइन माध्यम सचिवमा छायाचन्द्र भण्डारी र टेलिभिजन माध्यम सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका थिए ।

खस आर्य सचिवमा युवराज रेग्मीले ६ सय ३४ मत प्राप्त गरी विजयी भए भने पराजित टेकराज जोशीले ६ सय २८ मत प्राप्त गरेका थिए । यस्तै रेडियो माध्यम सचिवमा नरहरि सापकोटा ७ सय ३४ मत प्राप्त गरी विजयी भए । उनको प्रतिद्वन्द्वी डम्बरबहादुर बमले ५ सय ३३ मत प्राप्त गरेका थिए । छापामाध्यम सचिवमा राधा खनाल ७ सय ३० मत प्राप्त गरी निर्वाचित भए भने पराजित श्यामप्रसाद खतिवडाले ५ सय ४६ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा माधव धिताल ६ सय ७४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी रमेश वाग्लेले ६ सय ४६ मत प्राप्त गरेका थिए ।