कसरी झुण्डिए तीन किशोरी एउटै रुखमा

कसरी झुण्डिए तीन किशोरी एउटै रुखमा


ग्लोब नेपाल
324
Shares

विर्तामोड । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन ।

सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।