‘मिसेस एन्ड मिस गुरुङ’ले देखाए प्रतिभा

‘मिसेस एन्ड मिस गुरुङ’ले देखाए प्रतिभा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मिसेस एन्ड मिस गुरुङ २०२२, सिजन–३’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डमा प्रतियोगिताका प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा देखाएका थिए ।

जसअन्तर्गत ‘मिस गुरुङ’तर्फ सन्ना गुरुङ, शीतलदेवी गुरुङ, दीपशिखा गुरुङ, इशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो प्रतिभा देखाए ।

यस्तै ‘मिसेस गुरुङ’तर्फ पबी गुरुङ, हेमा गुरुङ, सीता गुरुङ, निलम गुरुङ, नानु गुरुङ, माया गुरुङ, सरस्वती गुरुङ, विमला गुरुङ, फूलमाया गुरुङ, शर्मिला गुरुङ, लक्ष्मी गुरुङ र ममता गुरुङले प्रतिभा देखाएका थिए ।

पूर्वराज्यमन्त्री पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिनेत्री सञ्चिता लुुँइटेल, सञ्चारकर्मी सूर्य चन्द, ‘मिस इन्डिजिनियस–२०२१’ नम्रता तामाङ, सुशीला थापा, रोजिना गुरुङ, राधा थोकर, निरु राई, अजय अधिकारी र सीताराम राना निर्णायक थिए ।

आयोजक शान्ता तामाङका अनुसार गुरुङ जातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी, व्यावसायिक महिलाको आत्मविश्वास अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिस्पर्धीहलाई कोरियोग्राफर रोजिन शाक्यले सञ्चार दक्षता, कार्यक्रम सञ्चालन, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिलगायतका विषयमा प्रशिक्षण दिनेछन् ।