भीमसेन थापा राष्ट्रवादी व्यक्तित्वः प्रधानमन्त्री देउवा

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्वः प्रधानमन्त्री देउवा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाले जीवनमा गरेको कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताएका छन् ।

राष्ट्रिय विभूति थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले स्वाभिमानी थापाले पुर्याएको योगदानको स्मरण गरे । “थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भने ।

महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गरे ।