‘फास्ट ट्र्याक तोकिएको समय सीमाभित्रै सम्पन्न हुन्छ’

‘फास्ट ट्र्याक तोकिएको समय सीमाभित्रै सम्पन्न हुन्छ’


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई-मधेस द्रूतमार्ग तोकिएको समय सिमाभित्रै सम्पन्न गर्ने रक्षा मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयले आगामी २०८१ मंसीरभित्र निर्माण गरिसक्ने जनाएको हो ।

मन्त्रालयका अनुसार आयोजनाको मुख्य काम सुरुङ र पुल निर्माण भए पनि त्यसैअनुसार विकास निर्माणको काम भैरहेको जनाएको हो । मन्त्रालयले स्वीकृत डीपीआरमा आधारित रहेर फाष्ट ट्र्याक निर्माण भैरहेको समितिलाई जनाएको छ ।

यस्तै बैठकमा सांसदहरुले भने निर्धारित मितिमा आयोजना सम्पन्न हुने आधार नभएको उल्लेख गरेका थिए। आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि पनि अपेक्षाकृत काम सम्पन्न हुन नसकेको भन्दै सांसदहरुले समय सिमाभित्रै आयोजना सम्पन्न हुनेमा आशंका ब्यक्त गरेका हुन् ।

हालसम्म पनि सुरुङ र पुल निर्माणले अपेक्षाकृत गति लिन नसकेको सांसदहरुको भनाई थियो । मन्त्रालयका अनुसार आर्थिक बर्ष २०७८/७९ मा २१ दशमलब १८ प्रतिशत मात्र काम भएको जनाएको छ । सरकारले २०७४ सालमा २०८० को भदौ ४ सम्म सक्ने कार्यादेशसहित फाष्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर, सेनाले नयाँ कार्ययोजनाअनुसार म्याद थपेर २०८१ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।