बाल्टिमोरमा जनसम्पर्क समितिको वनभोज कार्यक्रम ३१ जुलाईमा

बाल्टिमोरमा जनसम्पर्क समितिको वनभोज कार्यक्रम ३१ जुलाईमा


ग्लोब नेपाल
2.5k
Shares

बाल्टिमोर । नेपाली जनसम्पर्क समिति,अमेरिकाको मेरिल्याण्ड च्याप्टरले बाल्टिमोरमा आगामी ३१ जुलाई आइतवार गृष्मकालीन वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । समितिले दिएको जानकारी अनुसार,समितिका सदस्य र शुभेच्छुकहरुका बीच आपसी भाईचारा अभिवृद्धि गर्ने उद्देश्यसहित यस्तो वनभोज गर्न लागिएको हो। च्याप्टर समितिका सभापति राजेन्द्र सेन्चुरीका अनुसार, वनभोजमा सहभागिताका लागि समितिले आफ्ना सदस्य र शुभेच्छुकहरुलाई अनुरोध गरेको छ।

च्याप्टर सभापतिले जारी गरेको वनभोज सम्बन्धी सूचना यस्तो छ-
यस नेपाली जनसम्पर्क समिति,अमेरिका मेरिल्याण्ड च्याप्टरले आगामी आईतवार (जुलाई ३१,२०२२) समर पिकनिक आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदछौं ।
आपसी भेटघाट/परिचय, भाईचारा र आत्मीयता अभिवृद्धि र एकापसमा रमाईलो साटासाट गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यस बृहत् वनभोज कार्यक्रममा साथीभाई र सपरिवार सहभागी भई हाम्रो उद्देश्यलाई सफल बनाईदिनु हुन हामी यसै सूचनाद्वारा सबै सदस्य र शुभेच्छुकलाई हार्दिक अनुरोध गर्दछौं ।

सबैलाई चुल्है निम्तो गर्यौं है ।
भवदीय
राजेन्द्र सेन्चुरी
सभापति, नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्याण्ड च्याप्टर एवं परिवार

कार्यक्रम
मितिः जुलाई ३१,२०२२ आईतवार
समयः दिनको १२: ०० बजेदेखि ६:३० बजेसम्म
स्थानः 7200 Graces Quarters Rd,
Middle River, MD 21220