खाँदवारीको रुद्राक्षको विरुवा बालेनको हातमा

खाँदवारीको रुद्राक्षको विरुवा बालेनको हातमा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले पशुपति क्षेत्रमा एक लाख रुद्राक्षका विरुवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।

आजै मेयर थपलियाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई करिव पाँच सय रुद्राक्षका विरुवा हस्तान्तरण गरेका छन् । थपलियाले हस्तान्तरण गरेका रुद्राक्षका विरुवा बालेन्द्रले पशुपति विकास कोषका अध्यक्ष तथा पर्यटनमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका छन । खाँदवारी नगरपालिकाले आवस्यकता अनुसार निरन्तर रुद्राक्षका विरुवा उपलब्ध गराउदै जाने मेयर थपलियाले जानकारी दिएका छन ।

मेयर थपलियाले हस्तान्तरण गरेका रुद्राक्षका विरुवा रोपण कार्यको पशुपति विकास कोषका अध्यक्ष तथा संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सुभारम्भ गरिएको छ ।

रुद्राक्षका विरुवा रोपण कार्यक्रमको शुभारम्भमा नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह,खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया र सरोकारवाल पक्षको उपस्थिति थियो ।

उपत्यकाकै प्राचिन विश्व सम्पदा क्षेत्रमा सूचिकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा भगवन शिवले रुचाएको बृक्ष रुद्राक्षका एक लाख विरुवा उपलब्ध गराउने मेयर थपलियाको प्रतिवद्धतालाई सकारात्म रुपमा लिइएको छ ।

रुद्राक्ष भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष भगवान् शिवसँग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ ।