अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट्दै

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट्दै


ग्लोब नेपाल
432
Shares

काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दै छन् ।

परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेपछि लुले प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । बिहीबार साँझ लुले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सिलेन्स अवार्ड नेपाली उत्पादक कम्पनीलाई प्रदान गरेका थिए ।

गत मंसीरमा पनि नेपाल आएका लु ले एमसीसी अनुमोदनका लागि लविङ गरेका थिए । यस पटकको भ्रमणमा स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) मा नेपाललाई सहमत गराउने उद्देश्य रहेको चर्चा चलेकाे छ ।

यद्यपी अमेरिकी दूतावासले भने लुको भ्रमण नियमित भएको बताएको छ ।