राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

आज (शुक्रबार) सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेस गर्न भनेको छ । इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत प्रस्ताव पेस गर्न सक्नेछन् ।

शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो । भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयहरूले प्रस्ताव पेस गर्न सक्नेछन् ।