अमेरिकी मन्त्री लुसँग भेट्नुअघि प्रचण्ड बालुवाटारमा

अमेरिकी मन्त्री लुसँग भेट्नुअघि प्रचण्ड बालुवाटारमा


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट हुने भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदै छन् ।

निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड बालुवाटार जानेछन् । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवालाई भेट्नुअघि प्रचण्डले देउवा भेट्न लागेका हुन् ।