नेपाल निर्माण व्यवसायी महासंघ एसोसियट समन्वय समिति भेला सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघ एसोसियट समन्वय समिति भेला सम्पन्न


ग्लोब नेपाल
4.3k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसियट समन्वय समितिको एघारौं साधारण भेला शुक्रबार सम्पन्न भयो । पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा सम्पन्न भेलाले नयाँ समन्वय समिति चयन गरेको छ ।

विधानतः नेपाल निर्माण व्यवसायी महासंघका एसोसियट उपाध्यक्ष रामजी पन्त (मुकेश) पदेन संयोजक रहेका छन् । सहसंयोजकमा एन.सी. शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारी छन् भने सचिवमा नवराज श्रेष्ठ र मोहन कार्की रहेका छन् । यस्तै उपसचिवमा माधवप्रसाद शर्मा, कोषाध्यक्ष लक्ष्मी बस्नेत कार्की र सहकोषाध्यक्ष कृष्णहरि चौलागाईं रहेका छन् ।

सदस्यहरुमा उमेशध्वज थापा, कुमारध्वज कार्की, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् । भेलाले तीन सदस्य सल्लाहकार समेत चयन गरेको छ । सोमप्रकाश प्रसाईं, विनोदकुमार भट्टराई र केशव त्वचनाबासुलाई सल्लाहकारमा चयन गरेको छ ।

यस एसोसिएट सदस्य समन्वय समितिले एसोसिएट सदस्यहरुको हकहित संरक्षण गर्दै निर्माण क्षेत्रको विकास एवम् प्रवद्र्धन गर्ने सवालमा उल्लेखनीय योगदान पु-याउँदै आएको बताइएको छ । त्यसैले यो एसोसिएट सदस्य समन्वय समितिलाई महासंघको मेरुदण्ड पनि भनिन्छ ।