जनार्दन शर्मालाई नै अर्थमन्त्री पुनः बनाइने

जनार्दन शर्मालाई नै अर्थमन्त्री पुनः बनाइने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदीय छानबिन समितिको निष्कर्षपछि जनार्दन शर्मालाई नै पुनः अर्थमन्त्रीका रुपमा पठाउने तयारी नेकपा मा‌ओवादी केन्द्रले तयारी गरेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले शर्मालाई अर्थ मन्त्रालय नपठाउने कुनै कारण नभएको बताए । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको भन्दै उनले बताए । शर्मामाथिको आरोप पुष्टि नभएकाले त्यसबारेमा छलफल हुने पाेखरेलकाे भनाइ थियाे ।

भोलि पार्टीको स्थायी समिति बैठक बोलाइएकाले बैठकले नै त्यसबारे निर्णय गर्ने नेताहरूले बताएका छन् । तर, प्रमुख सचेतक देव गुरुङले भने शर्मालाई पार्टीले फिर्ता बोलाएको नभएर उनले छानबिनका लागि राजीनामा दिनुभएकाले निर्दोष साबित भएपछि उन नै मन्त्रालय फर्कने विषयमा दुईमत नभएको बताए ।