प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको हेटौंडामा तस्बिर जलाइयो

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको हेटौंडामा तस्बिर जलाइयो


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको तस्बिर जलाइएकाे हाे ।

हिजाे शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग समेत गरेका थिए ।