एमालेले आज मँहगीबिरुद्ध जनप्रदर्शन गर्ने 

एमालेले आज मँहगीबिरुद्ध जनप्रदर्शन गर्ने 


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ ।

दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ । जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।