मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

निर्वाचनको मिति घोषणा हुन सक्ने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।