अमेरिकी कारवाहीमा मारिए अल कायदाका नेता आयमान अल जवाहिरी

अमेरिकी कारवाहीमा मारिए अल कायदाका नेता आयमान अल जवाहिरी



काबुल । आतंककारी संगठन अल कायदाका नेता आयमान अल जवाहिरी अमेरिकी कारवाहीमा मारिएका छन् । अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्। अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवादविरद्धको कारबाहीमा उनी मारिएका हुन् ।

जवाहिरी घरको बरण्डामा रहेका बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । आक्रमणका कारण उनको परिवारका अरु सदस्यलाई भने कुनै हानी नभएको अमेरिकी दाबी छ ।

सन् २०११ मा अमेरिकी कारवाहीमा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल कायदाको जिम्मेवारी लिएका थिए। अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणको मास्टरमाइण्ड मध्ये उनी पनि एक रहेको विश्वास गरिन्छ । जवाहिरी अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेक आतंकवादी मध्ये एक थिए।