मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै


ग्लोब नेपाल
1k
Shares

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यो आईपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६ दशमलब ५३ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यसमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।