काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९-०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो ।
छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको बोर्डले जनाएको छ । बोर्डले भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी साउन मसान्तसम्मको व्यवस्था मिलाउन पनि विद्यालय तथा क्याम्पसलाई अनुरोध गरेको छ ।
साथै सबै पालिकाबाट त्यसैअनुसार समन्वय र सहजीकरण गर्न समेत सूचित गरेको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल गएको साउन ११ गते प्रकाशित भएको थियो ।
प्रतिक्रिया