नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले जानकारी दिए ।

सडकमा गएराति र अस्ति सोमबार रातीदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उनले आग्रह गरेका छन् । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उनले आग्रह गरेका हुन् ।