कोलोराडोमा सामूहिक दर खाने कार्यक्रम हुने

कोलोराडोमा सामूहिक दर खाने कार्यक्रम हुने



कोलोराडो । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक रुपमा दरखाने भएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस नहोस् र बर्षमा एक दिन सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माइतीको झल्को मेटाउन सिस्टर ग्रुप दिदीबहिनी समुह कोलोराडोले दर खाने कार्यक्रम आयोजना गर्न लागेको संयोजक धन पौडेलले बताएकी छन् ।

यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बालबालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन तथा संरक्षणमा टेवा पु-याउने उनको रहेको दावी छ । कार्यक्रम यही अगष्ट १३ तारिक शनिबारका दिन साँझ ४ बजेदेखि राती १० बजेसम्म संचालन हुनेछ । कार्यक्रमबारे फेसबुकमा इभेन्ट बनाएर राखिएको र यदि कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सूचनालाई आधार मानी कार्यक्रममा सहभागी हुन संयोजक पौडेलले सबैलाई अनुरोध गरेकी छिन् ।

कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि बुद्धीजीवी, गन्यमान्य, समाजसेवी, ब्यावसायी, सर्बसाधारण कसैलाई पनि परिपत्र नगरिएको हुँदा सबैलाई चुले निम्तोसहित खुल्ला निमन्त्रणा गरिएकाले यसै निमन्त्रणालाई स्वीकारी कार्यक्रममा सहभागी भई दिनुसमेत उनले अनुरोध गरेकी छिन् ।