गायिका मेलिना राईले तोडिन् सञ्जीवसँगको ‘इन्गेजमेन्ट’

गायिका मेलिना राईले तोडिन् सञ्जीवसँगको ‘इन्गेजमेन्ट’


ग्लोब नेपाल
54
Shares

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको ‘इन्गेजमेन्ट’ तोडेकी छन् । आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत ‘इन्गेजमेन्ट’ तोडेको घोषणा गरेकी हुन् ।

संगीतकर्मी बराइलीसँग मेलिनाको इन्गेजमेन्टको खबर गत वैशाखमा सार्वजनिक भएको थियो । तर, मेलिना र सञ्जीवबीच विवाह नहुने भएको छ । मेलिनाले सामाजिक सञ्जाल फेसबुकमा ‘इन्गेजमेन्ट’ तोडिएको जानकारी भन्दै एक स्टाटस् लेखेकी छिन् ।

भविष्यमा सँगै जीवन बिताउने सोचसहित सो निर्णय लिएको भए पनि वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेको मेलिनाको भनाइ छ । उनले लेखेकी छन्, ‘धेरै समीक्षा र आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

मतदान गर्न

बाँकी