आँधीखोलाको झोलुङ्गे पुलमा टिकटक बनाउनेको भीड

आँधीखोलाको झोलुङ्गे पुलमा टिकटक बनाउनेको भीड


ग्लोब नेपाल
216
Shares

स्याङ्जा । स्याङ्जाको आँधीखोलामा झोलुङ्गे पुलकाे निर्माण कार्य सम्पन्न भएको छ । साेही पुलकाे निर्माण कार्य सम्पन्न भएसँगै फोटाे खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको हाे । गल्याङ नगरपालिका-७ र ८ जोड्ने गरी चिउरीको भीरमा आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ।

निर्माणको काम एसए शैलेन्द्र जेभीले २०७७ असारमा सुरु गरेको थियाे । साेही पुल बनाएर २०७८ वैशाखमा सक्नुपर्ने भएता पनि कोरोनाका कारण समय अवधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए ।

पुल २०७९ साउन २० गतेसम्ममा सक्नेगरी समय अवधि थप गरिएकाेमा निर्धारित समय अगावै सम्पन्न भएको छ । ३ सय ६८ मिटर लामो र १ सय ९० उचाई भएकाे झोलुङ्गे पुल निर्माणका लागि १ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियोे ।

विशेषगरी अहिले साेही झोलुङ्गे पुलमा पारिवारिक घुमघाम तथा टिकटक बनाउन पनि युवायुवतीको घुइँचो लाग्ने गरेको छ । याे पुलमा दैनिक रुपमा ४ सयदेखि ५ सय जनाले अवलोकन गर्ने गरेका छन् । नेपाली पर्यटकसँगै भारतीय पर्यटकहरू पनि यस पुलको अवलोकनसँगै फोटाे खिच्ने र टिकटक बनाउने गरेका छन् ।

पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवतजावत गर्न सहज हुनुका साथै सिद्धार्थ राजमार्गसँग प्रत्यक्ष सम्पर्क पनि जोडिएको छ । यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको गल्याङ नगरपालिका वडा नम्बर ७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरसम्म दर्शनार्थीलाई पुग्न पुलले सहयोग पुर्‍याएको स्थानीयबासीले बताएका छन् ।

स्याङ्जा जिल्लाको भालु पहाडपछिकाे सबै भन्दा बढी अवलोकन गर्न लागि याे झोलुङ्गे पुल सहज बन्न थालेको छ । साेही पुलमा कृषि तथा ग्रामीण पर्यटन मात्र नभई युवायुवतीको पनि मुख्य गन्तव्य बनेको छ ।