सेराईमा ‘मनशुन अफर’

सेराईमा ‘मनशुन अफर’


ग्लोब नेपाल
27
Shares

चितवन । चितवनको मेघौलीमा रहेको ताज सफारी रिसोर्ट मेघौली सेराईले मनशुन अफर ल्याएको छ । ‘एक्सपेरियन्स मनशुन एट मेघौली सेराई — अ ताज सफारि रिसोर्ट’ अन्तर्गत रिसोर्टमा आउने पाहुनाहरुले विशेष छुट पाउने छन् । विश्व संम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसंगै राप्ती नदिको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रवद्र्धन गर्ने जंगल सफारी रिसोर्ट हो । प्रकृतिको मनोरम दुश्य अवलोकनका साथै स्थानीय थारु कला, संस्कृती र स्वादमा स्वदेशी र विदेशी पाहुनाहरु रमाउन मेघौली सेराई आउने गर्छन् ।

मनशुन अफर अन्तर्गत खाना एवं पेय पदार्थ र जंगल सफारीमा १० प्रतिशत छुट दिइएको छ भने स्पामा १५ प्रतिशतको छुट घोषणा गरिएको छ । यस अफर अन्र्तगत ब्रेकफास्ट, लन्च, डिनर, मुख्य इन्फिनिटी पूल, जिम, योग कोठालगायतका सुविधाहरु प्नि आगन्तुकले प्राप्त गर्ने छन् ।

यो मनसुनमा चितवनको सौन्दर्य अनुभव गर्दैे रिसोर्टको राप्ती भिल्लामा आरामदायी समय विताउन पाइने छ । यहाँका रहेक भिल्लामा एउटा निजी प्लन्ज पूल (सानो स्विमिङ पुल) छ । यस भिल्लामा एक रातको प्याकेजमा एक जोडीलाई नियमित मुल्यमा २० हजारसम्म छुट प्रदान गरिएको छ । छुटपछिको मुल्य २९ हजार ९ सय ९९ रहेको छ । प्याकेजमा दुई जनाको लागि ब्रेकफास्ट, लन्च र डिनर पनि यसै प्याकेजमा उपलब्ध हुनेछ ।

त्यस्तै, मेघौली डिलक्स रुमहरुमा एक जोडीले १९ हजार ९ सय ९९ मै प्याकेज प्राप्त गर्न सक्ने छन् । यस प्याकेजमा पनि दुई जनाको लागि ब्रेकफास्ट, लन्च र डिनर उपलब्ध रहनेछ । यो प्याकेज प्राप्त गर्न 9801301951 मा सम्पर्क गरि बुकिङ गर्न सकिने रिसोर्टले जनाएको छ ।

रिसोर्टले आफै उत्पादन गर्ने ‘घडि फुल’को अर्गानिक स्वागत जुससंगै सुरु हुने मेघौली सेराईको बसाईमा मनशुन अफरले पाहुनाहरुलाई थप रोमान्चित बनाउने विश्वास रिसोर्टले लिएको महाप्रबन्धक बिन्नी सेबास्टियनले बताए । उनले यो अफर अगस्ट ३१ सम्म कायम रहने जानकारी दिएका छन् ।

मेघौली सेराई नेपालको एकमात्र बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलको एकाइ सीजी हस्पिटालिटी अन्तर्गत संचालित छ । दुई दशक लामो इतिहास बोकेको सीजी हस्पिटालिटीसंग ताज, ताज सफारी, भिभान्ता, जेटविङ, ¥याडिसन, एको, फेयरमन्टलगायतका विश्वव्यापी ब्रान्डहरू एवं द जिंक, द फर्न, समिट, द फार्मलगायतका स्वदेशी हस्पिटालीटी ब्राण्डहरुको स्वामित्व रहेको छ । रूपमा सबैभन्दा प्रतिष्ठित सम्पत्तिहरूको स्वामित्व छ। स्वदेशी ब्रान्डहरू जस्तै द जिंक, द फर्न, समिट, द फार्म र थप । सीजी हस्पिटालिटीको स्वामित्वमा ८ हजाार ३ सय २६ भन्दा बढी साँचोहरू सहित १२ देशका १ सय १ गन्तव्यहरूमा १ सय ४२ लक्जरी होटल, रिसोर्ट, सफारी र आवासहरू छन् ।