५ पाँच दलिय गठबन्धनकाे निर्णय स्वागतयोग्य : प्रदेश सभापति यादव

५ पाँच दलिय गठबन्धनकाे निर्णय स्वागतयोग्य : प्रदेश सभापति यादव


ग्लोब नेपाल
3k
Shares

रौतहट । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आउदो निर्वाचनमा पाँच दलिय गठबन्धन संग तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छ्न् ।

आईतबार रौतहट क्षेत्र नं- १ का क्षेत्रीय कार्य समितिद्वारा आयोजित नेताकार्यकर्ता भेला कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति यादवले पाँच दलित गठबन्धनसंग तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन गर्ने निर्णयलाई कांग्रेस पार्टी सबै कार्यकर्ताले मान्नु पर्ने बताए ।

उनले राजनीति निकासका लागि अहिले वर्तमान परस्थिती समना गर्न नेता कार्यकर्तालाई आफ्ना वडा गाउँ नगरमा दिनरात मेहनत गरि जनताको दु:ख सुखमा उभिएर काम गर्न निर्देशन समेत दिएका छन् ।

आईतबार सम्पन्न क्षेत्रीय नेताकार्यकर्ता भेलाका बिशिष्ट अतिथि नेपाली काँग्रेस पार्टीका जिल्ला सभापति जितेन्द्र यादवले यसपाली रौतहटका चार वटै क्षेत्र चुनाव कांग्रेसले जित्न हामी सबै एक जुट भएर लाग्नुपर्ने बताए । सो कार्यक्रमको क्षेत्रीयकार्य समितिको सभापति श्रीराम यादवको सभापतित्व गरेको थियो भने कार्यक्रममा मेयर, नगर सभापति , वडा सभापति र नेताकार्यकर्ताहरु उपस्थिति रहेकोे मधेस प्रदेश सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ता जानकारी गराए ।