दुई हप्ताका लागि मलेसियाद्वारा कामदारको आवेदन लिन बन्द

दुई हप्ताका लागि मलेसियाद्वारा कामदारको आवेदन लिन बन्द


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । मलेसियाले दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको त्यहाँको मानव संसाधन मन्त्रालयले जनाएको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउने छन् ।

मलेसियाको मानव संसाधन मन्त्रालयले दिएको जानकारीका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो । मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो ।

संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।