एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिको विज्ञापन

एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिको विज्ञापन


ग्लोब नेपाल
1.8k
Shares

महोत्तरी । बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । सोमबार बसेको सर्बदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ । माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक सिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ ।