नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्रीबाट राजीनामा

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्रीबाट राजीनामा


ग्लोब नेपाल
27
Shares

काठमाडौं । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ ।

नितिशको दल जनता दल युनाइटेड (जेडयू) ले भारतीय जनता पार्टीसँगको गठबन्धन पनि तोडेको छ। त्यसलगत्तै नितिशले मंगलबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले आजै जेडियुका बिहार राज्यका सांसदसँग परामर्श गरेका थिए। भाजपा र जेडीयूबीच केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध थियो। जेडीयूमा विभाजन ल्याउन भाजपाले षडयन्त्र गरिरहेको नितिशको आरोप थियो।