कांग्रेसको निर्वाचन केन्द्रित अभियान भदौ १० बाट

कांग्रेसको निर्वाचन केन्द्रित अभियान भदौ १० बाट

निर्वाचन केन्द्रित अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ। भदौ १० गतेदेखि राष्ट्रव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रित अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ। यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको हो।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेको हो। केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएर निर्वाचन केन्द्रित अभियान गर्ने तयारीमा काँग्रेस छ।

काँग्रेसले सत्ता गठबन्धनका दलहरूसँग मिलेर चुनावमा जाने निर्णय गरिसकेको छ।

मतदान गर्न

बाँकी