समायोजन भएका स्वास्थ्यका कर्मचारीको तलब स्थानीय तहबाट

समायोजन भएका स्वास्थ्यका कर्मचारीको तलब स्थानीय तहबाट


ग्लोब नेपाल
108
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै सुरु समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

निर्देशनमा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद वा तहका लागि मात्र उपलब्ध गराउन भनिएको छ ।

यस्तै सहमतिका आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि तलबभत्ता बापतको रकम मन्त्रालयबाट निकास नहुने जानकारीसमेत पत्रमा उल्लेख गरिएको छ ।