निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा यादव निर्वाचित

निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा यादव निर्वाचित


ग्लोब नेपाल
2k
Shares

रौतहट । निर्माण व्यवसायी संघ रौटहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी धीरेन्द्र सिंहलाई १२ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । यादवले १ सय ६० मत ल्याउँदा सिंहको पक्षमा १ सय ४८ मत मात्र प¥यो ।

निर्माण व्यवसायी संघ रौटहटको सातौ साधारणसभा वरिष्ठ उपाध्यक्षमा उपेन्द्रकुमार यादव (१८०), उपाध्यक्षमा उपेन्द्र यादव (१६०), क्षेत्रीय उपाध्यक्ष १ मा पवन किशोर साह (१६४), क्षेत्रीय उपाध्यक्ष २ मा प्रमोद महतो कोइरी (१४९) क्षेत्रीय उपाध्यक्ष २ मा राम बशिष्ठ यादव (१७१), महासचिवमा श्रीकान्त प्रसाद यादव (१६८), सचिवमा कल्याण कार्की (१६४), कोषाध्यक्षमा बिक्रान्त बिक्रम नेपाल (१६०), सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी (१५१) मत ल्याएर विजयी भएका छन् ।

निर्वाचन अधिकृत छोटेलाल दासले उपलब्ध गराएको जानकारीअनुसार सदस्यहरुमा वीरेन्द्रप्रसाद (१७१), नितिश यादव (१६७), सविन्द्रनारायण साह (१६३), प्रमोद यादव (१५६), विवेक सिंह (१५३), सुनरजीतकुमार गिरी (१५१), मुरलीधार यादव (१५०) र मोहमद मनिर शेख (१५०) मत ल्याएर विजयी भएका छन् ।