नेपाली कांग्रेसमा थपिए १० केन्द्रीय सदस्य

नेपाली कांग्रेसमा थपिए १० केन्द्रीय सदस्य


ग्लोब नेपाल
15.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य थपिएका छन् । बालुवाटार श्रोतका अनुसार थपिएका केन्द्रीय सदस्यहरुमा किरण यादव, धना खतिवडा, गोमा भट्टराई, कल्याणी रिजाल, रुक्मणी कोइराला, सीता देवकोटा, राधा घले, गंगा शाही, लक्ष्मी खतिवडा र उर्मिला थपलिया हुन् । उनीहरुलाई केन्द्रीय सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् ।

थपिएका १० केन्द्रीय सदस्यसहित नेपाली कांग्रेस १ सय ५८ सदस्यीय केन्द्रीय समिति बनेको छ । निर्वाचन आयोगमा चुनावका लागि नेपाली कांग्रेस दर्ता गर्दा केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नपुगेकाले १० जना मनोनित गरिएको बताइएको छ ।