सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कार्यदलमा नै टुंगो लगाउने प्रयास गरिने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ । वालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।

२०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।