दुर्घटनामा २ जनाको मृत्यु

दुर्घटनामा २ जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

उदयपुर । उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा सिमेन्ट बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनमा एक जना गम्भिर घाइते भएका छन् । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको टिपर साइड दिने क्रममा अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कटारी नगरपालिका ८ पाखाटोल बस्ने नर बहादुर मगर र मिर्चिङ कान्छा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।